कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताउनुभयो । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिनुभयो ।
सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई-तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सिँचाइ बाँध निर्माणसँगै धनगढी-६ जाइ जालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्