Skip to content
LAXMI SUNRISE BANK

बाँकेस्थित खजुरामा ४५ डिग्री तापक्रममा पहिलो पटक व्यावसायिक कालिज पालन शुरु (भिडियो रिपोर्ट)

अर्थ सरोकार

बाँके । पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन शुरु भएको छ । १४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कलिज पालन शुरु गरिएको हो । खजुरा गाउँपालिका वडा न.४ का दीपक पौडेल गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लाग्नुभएको हो । उनीसँग यतिबेला १ हजार कालिज छन् । फार्मका कालिज आउँदो दशैँसम्ममा तयार भइसक्ने पौडेल बताउनुहुन्छ । अष्ट्रेलियाबाट अण्डा मगाएर आफैँले ह्याचरिड गरी चल्ला निकालेको पौडेलले बताउनुभयो । साथै व्यवसायी पौडेलले खान लायक भएका कालिजलाई ३५ सय रुपैयाँमा बिक्री हुने बताउनुभयो ।
कालिज व्यवसायी पौडेलले भन्नुभयो, “दशैँ पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ, मैले अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर आफैँले ह्याचरीड गरी चल्ला निकालेको हूँ, एउटा चल्लाको १४ सय रुपैंया पर्छ, खान लायक भइसकेको कालिजको एउटैको ३५ सय रुपैयाँमा बिक्री हुन्छ, जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना छ ।” केही भाले र पोथी कालिज चल्ला बनाउनका लागि राख्ने र अरु बिक्री गर्ने योजना रहेको कालिज व्यवसायी पौडेलले सुनाउनुभयो ।
करिव ५० लाख लागतमा कालिज पालनमा लाग्नुभएका पौडेल बाँकेमा कालीज पालन गर्न तापक्रम नै ठूलो चुनौति भएको बताउनुहुन्छ । २५ डिग्री सेल्सीयसमा कालिज पाल्न चुनौति नभएपनि त्यो भन्दा माथि ठूलो चुनौति रहेको पौडेलले बताउनुभयो । यही चुनौतिलाई मध्यनजर गर्दै बाँकेको तापक्रमसँग मिल्ने गरेर अण्डा त्यहीँ मगाएर ह्याचरी गरेको कालिज पालक पौडेलले बताउनुभयो ।
“कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौति भनेको तापक्रम हो, २५ डिग्री सेल्सीयसमा कालिज सहजै बाँच्छ” कालिज व्यवसायी पौडेलले भन्नुभयो, “बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयस तापक्रम पुग्छ, त्यसका कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराएँ, जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसँग जुध्न सकोस् ।” कालिज पालनको लागि विभिन्न ठाउँबाट अहिले चल्लाको अत्याधिक माग आइरहेको कालिज पालक पौडेलले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK