×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा, नाडालाई दरिलो रुपमा अगाडि बढाउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा, नाडालाई दरिलो रुपमा अगाडि बढाउने उद्देश्य

Artha Sarokar

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष रहेका छन् । नाडा सातवटै प्रदेशमा विस्तार भईसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएका हुन् ।

अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजिक्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उनको उद्देश्य रहेको छ ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताएका छन् । हाल नाडाको अध्यक्ष कृष्णप्रसाद दुलाल हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी