×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग, बत्तीको जडानबाट सवारी चाप घट्ने विश्वास

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग, बत्तीको जडानबाट सवारी चाप घट्ने विश्वास

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक संकेत बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरेकोे छ । काठमाडौं महानगरपालिका, वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरिएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको जानकारी दिएको छ ।

बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गरेका हुन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए । साथै, ट्राफिक प्रहरीसंग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्न जोड दिए ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: