×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफ इन्योरेन्सको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनियन लाइफ इन्योरेन्सको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनियन लाइफ इन्योरेन्सको ६४ लाख ५० हजार कित्ता आइपीओमा आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समयसम्म कम्पनीको उक्र सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले २४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारी र ३ लाख २२ हजार ५ सय कित्तामा म्युचुअल फन्डले आवेदन दिन पाउनेछन् भने बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता भर्न सक्नेछन् ।
सो समयमा बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यता आज आइतबार बेलुका ५ः२० बजेसम्ममा कम्पनीको आइपीओमा १८ लाख ३५ हजार ६ सय ५६ जना आवेदकबाट २ करोड ९४ लाख ६३ हजार ४९० कित्ताको लागि आवेदन परेको छ । जुन माग गरिएको भन्दा ५.०७ गुणा बढीको आवेदन परेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: