
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले मृतकको परिवारलाई ६८ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई उक्त दाबी भुक्तानी हस्तान्तरण गरेको हो । मानन्धरको उपचारको क्रममा २०७८ बैशाख १४ गते उनको निधन भएको थियो ।
मृतकका श्रीमती शोभा मानन्धरलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले ६८ लाख रुपैयाँको मृत्युदावी बापतको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै बीमाको महत्व प्रष्ट पारेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्