Skip to content
LAXMI SUNRISE BANK

‘पानामा पठाउँछु’ भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा राउत पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ‘पानामा पठाउँछु’ भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले उदयपुर घर भई हाल जिल्ला काठमाडौं, टोखा न.पा. वडा नं. १० बस्ने ३४ बर्षिय गणेश राउत भन्ने लोक बहादुर राउतलाई ठगीको आरोपमा पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पुरा गरी ‘पानामा पठाउँछु’ भनी नक्कली इ-भिसासमेत बनाई दिई पटक-पटक गरी अठार लाख ३५ हजार रुपैयाँ लिई सम्पर्क बिहिन भएका थिए । सोपश्चात उनलाई खोजतलास गरी आवश्यक कारवाही गरी पाउँ भनी ब्यूरोमा निवेदन परेको हुँदा उल्लेखित व्यक्तिको खोजतलास गर्ने क्रममा आज आईतबार सिआईबीबाट खटीएको टोलीले काठमाण्डौंको टोखा न.पा. वडा नं. १०, सामाखुसीबाट ठगी कार्यमा संलग्न भएको अभियोग लागेका राउतलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका राउतलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कानून बमोजिम कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको सिआईबीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतो जानकारी बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK