×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मध्य भोटेकोशीको आईपीओ भर्ने म्याद थप, हेर्नुहोस् कहिलेसम्म ?

काठमाडौं  ।  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओ भर्ने म्याद थपिएको छ । यसअघि सबै बिक्री भएमा साउन १७ गतेसम्म र उक्त अवधिभर बिक्री नभएमा साउन ३२ गतेसम्म दिन पाइने भनिएको थियो । कम्पनीको आईपीओ सबै बिकीसकेको छ । तर आयोजना प्रभावितहरुले सेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेको हो । अब यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं। १ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: