काठमाडौं । महालक्ष्मी विकास बैंकले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लिसँग सम्झौता गरेको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. सँग श्रावण १५ गते अर्थात आज सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले Foton ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिने कम्पनीले जनाएको छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्