×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारदेखि मैलुङ खोला जलविद्युतको ७ लाख २६ हजार २८६ कित्ता आइपीओमा आवेदन दिन पाइने, १८ गतेसम्म भर्न सकिने

PRIME CA

बिहिबारदेखि मैलुङ खोला जलविद्युतको ७ लाख २६ हजार २८६ कित्ता आइपीओमा आवेदन दिन पाइने, १८ गतेसम्म भर्न सकिने

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ भोलि बिहिबारदेखि जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा उक्त आइपीओ जारी गर्न लागेको हो ।

कुल आइपीओमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन पाउनेछन् । लगानीकर्ताले यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ ।

आइपीओ बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ । रसुवा जिल्लामा अवस्थित मैलुङ खोला जलविद्युत कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: