RBB AD

१४ गतेदेखि मैलुङ खोला जलविद्युतले ७ लाख २६ हजार २८६ कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा उक्त आइपीओ जारी गर्ने भएको हो ।

कुल आइपीओमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन पाउनेछन् । लगानीकर्ताले यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ ।

आइपीओ बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ । रसुवा जिल्लामा अवस्थित मैलुङ खोला जलविद्युत कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ ।

SHAURYA
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal