काठमाडौँ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको श्रावण ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय गरेको हो । सभा श्रावण २४ गते, आइतबार कम्पनीकाे मुख्य कार्यालय WTC, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।