×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनकामना स्मार्ट लघुवित्तको ‘प्रि-अलोटमेन्ट’ सम्पन्न, सोमबार बाँडफाँड गर्ने तयारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओको ‘प्रि-अलोटमेण्ट’ आज शुक्रबार सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमिबि क्यापिटलले लघुवित्तको आइपीओको ‘प्रि-अलोटमेण्ट’ आज सम्पन्न भएको जनाएको हो । क्यापिटलले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको पनि जनाएको छ । 
बोर्डबाट स्वीकृति आएमा सोमबार कम्पनीको आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरको कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।
जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: