×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा झन्डै १९ लाखको आवेदन पर्यो, ६८ गुणा बढी सेयर माग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा झन्डै १९ लाखको आवेदन पर्यो, ६८ गुणा बढी सेयर माग

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा झन्डै १९ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार बिहान १०ः३० बजेसम्ममा १८ लाख ९६ हजार ९२२ आवेदकले २ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४५ हजार ३६० कित्ता सेयर खरिदको लागि आवेदन दिएका हुन् । जुन सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ६८.३५ गुणा बढी हो ।
आईपीओ गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको सेयर पाउने छन् । बाँकीको हात भने खाली हुनेछ । असार १७ गतेदेखि बिक्री खुला भएको लघुवित्तको आईपीओमा आज मंगलबार कार्यालय समयावधी भित्र आवेदन दिन सकिनेछ ।
कम्पनीले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: