×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कस-कसले पाउँछन् किन्न ?

PRIME CA

मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कस-कसले पाउँछन् किन्न ?

१४ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज बिहिबारदेखि सो सेयर बिक्रीमा ल्याएको हो  । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले सो मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बोलपत्र पेश गर्ने अन्तिम म्याद भदौ ८ गते तोकिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: