काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने उक्त योजना सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरुले मात्र १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । साथै यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । यसैगरी पहिलो वर्षको लागि निःशूल्क मोबाईल बैंकिङ तथा निशूल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्न बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको एटिएम मेसिनमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम कार्डबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकि (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो खाता अनलाइन मार्फत पनि यो लिंकबाट खोल्न सकिने छ :https://muktinathbank.com.np/online/online/preliminary-form/muktinath-sambriddhi-bachat-khata
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्