काठमाडौं । मुक्तिनाथ विकास बैंकको १२ लाख ५० कित्ता ऋणपत्र आज बिहिबारदेखि बिक्री खुला भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित मूल्यमा उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो ।
जसमा ५ लाख इकाई सर्वसाधारणका लागि खुला भएको छ भने बाँकी ७ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५% ब्याजदर पाइनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २१ गतेसम्म बिक्री खुला हुनेछ ।
यस ऋणपत्रमा सी–आस्वा, मेरो सेयर तथा तोकिएको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास बैंक डिबेन्चर जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्