काठमाडौं । नबिल बैंक लिमिटेडले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले साउन १० गतेदेखि ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो ।
जसमध्ये सर्वसाधारणका लागि भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई बिक्री खुला गरिएको छ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पूर्ण इकाईको लागि आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको ऋणपत्रमा श्रावण २४ गतेसम्म आवेदन भर्न पाईनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्