काठमाडौं । नबिल बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । आज बुधबारबारसम्म आवेदन दिने म्याद तोकिएकोमा ऋणपत्र खरिदका लागि पर्याप्त आवेदन नपरेपछि साउन २४ गतेसम्म म्याद लम्ब्याइएको छ । अब लगानीकर्ताले २४ गते कार्यालय समयसम्म बैंकको सो ऋणपत्र किन्न सक्नेछन् ।
बैंकले साउन १० गतेदेखि ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये सर्वसाधारणले १२ लाख इकाईमा आवेदन दिने सक्नेछन् भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पूर्ण इकाईको लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्