×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

असार २७ गतेदेखि हुँदैछ नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु गर्न लागेको हो ।
एक्वायरपश्चात नबिल बैंकको नामबाट सेयर कारोबार खोल्न लागिएको हो । असार ५ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाले नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो । नबिल बैंकले १ः०.३५ सेयर स्वाप रेसियोमा युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको हो । अब फाइनान्सको १०० कित्ता सेयर हुनेले नबिलको ३५ कित्ता सेयर पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: