×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडद्धारा नयाँ सुविधा सार्वजनिक, कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंक लिमिटेडद्धारा नयाँ सुविधा सार्वजनिक, कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सुविधा सार्वजनिक गरेको हो । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुविधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो ।

ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् । बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक-गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ ।

बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गर्दै आईरहेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ ई-बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरु लाई मूल्य अभिवृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी