×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल हाईड्रोपावर कम्पनीकाे २४औं वार्षिक साधारणसभा सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेशनल हाईड्रोपावर कम्पनीकाे २४औं वार्षिक साधारणसभा सम्पन्न

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेशनल हाईड्रोपावर कम्पनीकाे २४औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे हो । सभामा सञ्चालक समितिकाे तर्फबाट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै कम्पनीका अध्यक्ष पाण्डेले आगामी आर्थिक वर्षसम्म यस कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएकाे जानकारी दिएका छन् । सभाले लाेअर इर्खुवा हाइड्राेपावर कम्पनी लिमिटेडले आयाेजना निर्माण गर्न लिएकाे ॠणमा कर्पाेरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय पनि सभामा अनुमाेदन गरिएकाे छ ।
साथै सभामा आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: