×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारणसभा सम्पन्न, १६.३२ % लाभांश पारित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले १५ दशमलव ५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश गरेर कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ । १५ दशमलव ५० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको पूँजी १ अर्ब ५२ करोड पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: