Skip to content
LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंकद्धारा विस्तारित सेवा केन्द्र संचालनमा, नेपाल सरकारको नितिलाई सघाउ पुर्याउने उद्देश्य

अर्थ सरोकार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्ला, लेटाङ्ग नगरपालीकाको वुधवारे बजारमा आफ्नो ८औं विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको हो । बुधवारे वजार लेटाङ्ग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागी केन्द्रको रुपमा स्थापित भई वैंकिङ पहुँचवाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालीको अनुरोधका साथै ग्रमिण भेगमा वित्तयि पहुँच पुर्याइ हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पुर्याउने उद्देश्यका साथ एक औपचारीक कार्यक्रमकाबीच बैंकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको हो ।

उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद उपेन्द्र घिमिरे गरेका हुन् । यस बिस्तारित सेवा बाट यस भेगमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट बैंकिङ प्रणालि मार्फत प्राप्तहुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलवि खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ । ‘सबैका लागी बैंक’ भन्ने मुल उद्देश्य राखि स्थापनाको २७औं वर्ष पुरा गरेको नेपाल बङ्गलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK