×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकद्धारा ताप्लेजुङको दोभान बजारका अग्नी पीडितका लागि ५ लाख सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंकद्धारा ताप्लेजुङको दोभान बजारका अग्नी पीडितका लागि ५ लाख सहयोग

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

तेह्रथुम । नेपाल बैंक लिमिटेडले ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारका अग्निपिडितहरूको लागि ५ लाख सहयोग गरेको छ । नेपाल बैंक लिमिटेड प्रदेश १ का  प्रमुख सुर्यप्रकाश भट्ट, प्रदेशका उपप्रबन्धक विजयराज पण्डित, आठराई शाखाका प्रमुख शेखर न्यौपानेले संयुक्तरूपमा मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बू र उपाध्यक्ष कल्पना तुम्वाहाम्फेलाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाल बैंक लिमिटेड  प्रदेश १ का प्रमुख भट्टले विपतमा परेका सबै क्षेत्रमा नेपाल बैंकले सहयोग गर्दै आएको बताए । दोभान बजारका अग्नीपीडितका लागि नेपाल बैंकले सहयोग रकम उपलब्ध गराएकोमा गाउँपालिका अध्यक्ष लिम्बूले आभार व्यक्त गरे । उपलब्ध भएको सहयोग रकम चाडै पीडित परिवारलाई वितरण गरिने समेत बताए । दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीबाट ५० घरको ४० करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: