
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबारदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो । जेठ २८ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो । नेपाल फाइनान्सले १ः१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो ।