काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा साढे ६६ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न गरेका छन् । बीमा समितिले ११ महिनाको अवधिमा १९ जीवन बीमा कम्पनीहरुले ६६ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको जनाएको हो । अघिल्लोमा जीवन बीमा कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको थिए ।
समितिको तथ्याङ्कअनुसार जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले २० अर्ब ५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशने ११ अर्ब ५२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
नेशनल लाइफले ६ अर्ब ३६ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ , मेट लाइफले ३ अर्ब २१ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब २० करोड रुपैयाँ , सूर्या लाइफले १ अर्ब ९० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ७२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २० करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।
सनितिका अनुसार ज्योति लाइफले ९८ करोड रुपैयाँ, रिलायन्स लाइफले ८८ करोड रुपैयाँ, रिलायन्स लाइफले ८८ करोड रुपैयाँ, सन नेपाल लाइफले ७९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ६६ करोड रुपैयाँ, सानिमा लाइफले ५६ करोड रुपैयाँ, प्रभु लाइफले ४६ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्