×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहीबार ११ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडमाथिको कारोबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १४ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको ३६ करोड ७० लाख २३ हजार ५ सय ७४ बराबरको सेयर कारोबार भएको छ । आज ६ समूहबाहेक अने सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १०.३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: