×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १३.९७ अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार १३.९७ अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडमाथिको कारोबार

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से  बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस कम्पनीको ३५ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको छ । आज ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी