काठमाडौँ । सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ प्रकरणमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद पनि मुछिएका छन् । साउदले श्रीमती सुशीला कुमारी बोहराको नाममा कम्पनीको १० हजार कित्ता राखेको भेटिएपछि ‘गोल्डेन सेयर’ प्रकरणमा मुछिएका हुन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बोहराको नाममा सो कित्ता हस्तान्तरण गरेको भनी २०७७ साल पुस २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए । कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर जारी गर्ने तयारीमा रहेका बेला धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नी छोरीका नाममा सेयर किनेको तथ्य फेला परेपछि सो विषयमा थप अनुसन्धान गर्दा नेप्सेका सीईओ साउदकी श्रीमतीको नाममा पनि सेयर भेटिएको हो ।
आर्थिक वर्ष २०७६/७७ को बोनस सेयरपछि साउदकी श्रीमती बोहराको नाममा रहेको सेयर संख्या ११ हजार ९१२ पुगेको छ । उनको ठेगाना बैतडी जिल्लाको शिवलिङ्ग-१ उल्लेख छ । यता सीईओ साउदले पनि सेयर खरिद गरेको बताएका छन् । पूर्व सूचनाका आधारमा आफू मातहतको बजारका परिवारको नाममा सेयर किन्ने कार्य गैरकानूनी भएको विज्ञहरु बताउँछन् । उनले पूर्व सूचनाका आधारमा किनेको सेयरको भित्री कारोबारसमेत हुनसक्ने सम्भावना रहेको छ ।
धितोपत्र ऐनको दफा ९१ ले ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामाबाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ व्यवस्था गरेको छ ।
सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न लागेको छ । आगामी २० साउनमा निष्कासन गर्नको लागि भन्दै कम्पनी अनुमतिका लागि धितोपत्र बोर्ड पुगेको छ । सेयर निष्कासनका लागि गत ४ चैतमा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्न सम्झौता गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्