×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिताका भाग्यशाली विजेताले पाए आईफोन-१२

GLOBAL IME BANK
SHREE KESH

एनआईसी एशिया बैंकको ‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिताका भाग्यशाली विजेताले पाए आईफोन-१२

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको ‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन-१२ जितेकी छिन् । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीहरूमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन-१२ जितेकी हुन् ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि Submitted सम्मको प्रकृया देखिने गरी Screenshot सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर  गर्ने र यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष-१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की हुन् । साथै प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन-१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढि ग्राहकहरुहरूले खाता खोलेकोमा १५८ जना ग्राहकहरु मात्रै यस प्रतियोगितामा सहभागी  भएका थिए । जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाईन खाता खोलेका थिए । यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

डिजिटल फष्ट बैंक बन्ने दीर्घकालीन लक्ष्य लिएको यस बैंकले आम जनमानसलाई डिजिटल बैंकिङतर्फ डोर्याउनका निमित्त यस किसिमको प्रबद्र्धनात्मक प्रतियोगिता गरेको थियो । यस प्रतियोगितामा भएको उत्साहजनक सहभागीताबाट आम जनमानसमा यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया सहज र सरल रहेको स्थापित भएको छ भने ग्राहकहरूलाई खाता खोल्न कै लागि शाखा कार्यालयसम्म धाउनुपर्ने अवस्थाबाट समेत छुटकारा मिलेको छ । साथै २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन गरेको YouTuber ग्राहकहरू लक्षित ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ बारे ‘भिडियो च्यालेन्जिङ’ को नतिजा बैंकले निकट भविष्यमा सार्वजनिक गर्नेछ । बैंकले हालसम्म ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: