Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्वारा नयाँ सेवाको सुरुवात, मोबाइल बैंकिङ एपमार्फत आइपिओमा आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लामो लाइन बसी आइपिओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले अतुलनीय सहजता सहित नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आइपिओ खुलेका सेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।  कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपिओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी मोबाइल बैंकिङ एपबाट आइपिओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

यस बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले एप भित्र रहेको  Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन्  । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ ।

ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपिओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर  आइपिओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । यसरी घरमै बसेर  आइपिओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले NIC ASIA MoBank डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै आइपिओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्नेछन्  ।

साथै बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको  Apply Now आइकनमा ट्याप गरेर समेत आइपिओमा आवेदन दिन सकिने व्यवस्था गरेको छ । बैंकले हालसम्म  मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् आफ्ना ग्राहकहरुलाई  बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK