काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड २३औं वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार सुरु गरेको यो एनआईसी एशिया बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो । बैंकले २४औं वर्षमा प्रवेश गरेको अवसरमा विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ ।
जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई कमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबाइल बैंकिङमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । यो सुविधा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबाइल बैंकिङबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले पाउन सक्नेछन् ।
यो अवधिमा बैंकले सेयरधनीलाई अप्टिमम् वेल्थ म्याक्सिमाईजेशन गरी लगानीमा उच्चतम प्रतिफल वितरण गर्न सकेको बैंकको दाबी छ । सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ । जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको बैंकले स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न सफल भएको छ ।
बैंकले कोभिड १९ बाट सृजित असहज परिस्थितिमा समेत यस बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत ( ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ । कर्जा तथा निक्षेप वृद्धिमा बैंकले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै रहेको कम्पनीको दाबी छ । आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ ।
हाल डिजिटल फर्ष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जाने बैंकले बताएको छ । बैंकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाईफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको समेत बताएको छ ।
बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखारहित बैंकिङ सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गर्दै आईरहेको छ । यस्तै बैंकले स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न सफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्