×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटल लिमिटेडले कमायो १० करोड ८१ लाख रुपैयाँ नाफा, प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ०५ पैसा कायम

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया क्यापिटल लिमिटेडले कमायो १० करोड ८१ लाख रुपैयाँ नाफा, प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ०५ पैसा कायम

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष ७७/७८ को प्रगति विवरण सार्वजनिक गरेको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र प्रतिष्पर्धा रहनु तथा कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि समग्र व्यवसायमा उत्साहजनक बृद्धि भएको क्यापिटलले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार क्यापिटलले १० करोड ८१ लाख खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ०५ पैसा कायम गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १५१.७५ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७७/०७८ को अन्त्य सम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड”, “एन आई सी एशिया ब्यालेन्सड्फण्ड” र एन आई सी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ । पाँचौ रु।१ अर्व बराबरको बन्दमुखी योजना “एन आई सी एशिया फेलेक्सी क्याप फण्ड नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन पेश गरेको छ ।
क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको जनाएको छ ।
क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ मा लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम विभिन्न योजनाहरु संचालन गरी ४५६ जना ग्राहकहरुबाट १ एक अर्व १२ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराएको उल्लेख गरेको छ । हालको बजार मुल्यको आधारमा गणना गर्दा उक्त रकम १ अर्व ५७ करोड भन्दा बढी रहेको र यो गत वर्षको सोही अवधीको तुलनामा १५६ प्रतिशतले बृद्धि भएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार “एनआईसी एशिया ग्रोथ फण्ड” तथा “एनआईसी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभाशं वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोश्रो वर्ष १२ प्रतिशत गरी हाल सम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड्फण्डले संचालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत नगद लाभाशं वितरण गर्न सफल भएकोछ । उक्त लाभाशं वितरण पश्चात्समेत आ.व. २०७७/७८ को अन्तमा “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य १८.७२ र “एन आई सी एशिया ब्यालेन्सड्फण्ड” को खुद सम्पत्ति मूल्य १७.२७ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.२६ कायम गर्न सफल भएको छ ।
क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनतामाझ डिम्याट खाताको पहँुच सहज र सर्वसुलभ तरिकाबाट पु¥याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पु¥याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३६० शाखा कार्यालयहरू तथा ७० वटा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
समिक्षा अवधिमा डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकैअसहज भईरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुलाई १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने व्यवस्था मिलाएको छ । क्यापिटलले आर्थिक वर्ष २०७७.०७८ को अन्त्यसम्ममा ४ लाख ७ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको दाबी गरेको छ ।
क्यापिटलले समग्र बजारको १०.८३ प्रतिशत हिस्सा ओगटन सफल भएको क्यापिटलले जनाएको छ । हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, रु.२,५०० एकमुष्ट भुक्तानी गर्दा लाईफटाईम डिम्याट खाता नविकरण हुने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउनेलगायतका योजनाहरु संचालन गरिरहेका छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: