×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशनल हस्पिटलले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नर्भिक इन्टरनेशनल हस्पिटलले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिने भएको हो । अब आउने शनिबारदेखि नै यो अभियानको थालनी गर्ने नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र ले बताए ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिन वयवस्था पनि रहेको छ । नर्भिक अस्पतालले आगामी शनिवारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा संचालनको घोषणा गरेको छ ।

प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट हेर्ने व्यवस्थासमेत हस्पिटलले गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी