×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति तत्काल सार्वजनिक नहुने, यस्तो छ कारण !

PRIME CA
GLOBAL IME BANK

मौद्रिक नीति तत्काल सार्वजनिक नहुने, यस्तो छ कारण !

२ श्रावण २०७८, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तत्काल सार्वजनिक नहुने भएको छ । मंगलबार गठन भएको नयाँ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले ल्याएको बजेट संशोधन गरेर जाने निर्णय गरेकाले मौद्रिक नीति तत्काल सार्वजनिक नहुने भएको हो ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा समेटिनुपर्ने एजेन्डाका विषयमा सरोकारवाला निकायहरुबाट सल्लाह-सुझाव आइरहेको र थप छलफल गर्नुपर्ने आवश्यकतासमेत रहेकाले मौद्रिक नीति तत्काल नआउने बताएका हुन् ।
उनले सम्पूर्ण क्षेत्रबाट प्राप्त सुझाव तथा मागलाई पुनः छलफल गरी मात्र मौद्रिक नीति सार्वजनिक गरिने बताएका हुन् । यता राष्ट्र बैंकले केपी ओली नेतृत्व सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आधारित मौद्रिक नीति तयार गरी साउन ३ गते सार्वजनिक गर्न खोजेको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: