×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगममा रोजगारीको सुवर्ण अवसर, माग्यो १७ जना कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल आयल निगममा रोजगारीको सुवर्ण अवसर, माग्यो १७ जना कर्मचारी

Artha Sarokar

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमले १७ जना कर्मचारीको माग गरेको छ । लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् निगमले १७ जना कर्मचारीको माग गरेको हो । 
निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्धारा छनौट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले jobs.noc.org.np/open मा गएर अनलाइन फारम भर्न सक्ने जनाएको छ । सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ ।
निगमले ७ जना छैटाैं तहमा, पाँचौ तहमा ३ जना, चौथो तहमा २ जना, तहबिहिन टेक्निसियन ४ जना र बाउजर अपरेटरमा १ जना कर्मचारीको माग गरेको छ । यस्तै निगमले छैठौं तहका लागि १ हजार रुपैयाँ, पाँचौ तहका लागि ४ सय, चौथो तहलाई ३ सय रुपैयाँ र तहबिहीनलाई २ सय रुपैयाँ परिक्षा दस्तुर तोकेको छ ।
साथै एउटै पदका लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी छैठौं तहलाई ४ सय, पाँचौ तहलाई २ सय, चौथो तहलाई १ सय ५० र तहबिहिनका लागि १ सय रुपैयाँ थप परिक्षा रकम बुझाउनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी