×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनलाइन बजार दराज र सामसंगबीच सम्झौता, सामसंग ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ सुरु गर्ने

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले सामसंग नेपालसंग साजेदारी गरि नयाँ ग्यालेक्सी एफ २२ (Samsung Galaxy F22 ) को प्रि-बुकिङ्ग सुरु भएको घोषणा गरेको छ । ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसंगको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिदैछ । ग्राहकहरुले अब दराज एपमार्फत श्रावन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ्ग गर्न सक्नेछन् ।  सामसंग ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसोरले सुसज्जित छ र यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर (two cortex A76 cores and six Cortex A55 cores) रहेको छ ।

शक्तिशाली र सुदृढ प्रदर्शन यो फोनको आकर्षण हो । यसैगरि सामसंग ग्यालेक्सी एफ २२ को डिस्प्लेको कुरा गर्दा यो फोन मा ६.४ यच डि इन्फिनिटी-यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ । येसैगरि ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१ मा चल्छ । यसले प्रयोगकर्ताहरुलाई सरल डिजाइन दिनुको साथै  फोनलाई आफुले  अनुकुल बनाउन सकिन्छ ।  सुरक्षाको लागि फोनको छेउपट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडीको क्यामेरामा फेस अनलकको फिचर उपलब्ध  छ ।

क्यामेराको कुरा गर्दा ग्यालक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ यम पी वाइड क्यामेरा, ८ यम पी अल्ट्रा वाइड क्यामेरा, २ यम पी म्याक्रो क्यामेरा, २ यम पी देप्थ साथै फ्ल्याश, प्यानारोमा र यच डि आर जस्ता अन्य फिचर्सहरु रहेको छ । यो क्वाड सेटपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियोहरु खिच्न सरल रुपमा सम्भब बनाउदछ । साथै, फ्रन्ट क्यामेरा ८ यम पीको रहेको छ जसबाट स्पष्ट र प्राकृतिक फोटोहरु सजिलैसंग खिच्न सकिन्छ । क्यामेराका थप अन्य विशेषताहरु  भने फूड मोड, हाइपरल्याप्स, स्लो मोशन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ ।

अब सामसंग ग्यालेक्सी एफ २२ श्रावन ३ ९ जुलाई २१० देखि दराजमा प्रि-बुकिङको लागि उपलब्ध हुनेछ भने ९ श्रावन (२७ जुलाई) देखि शिपिंगका लागि उपलब्ध हुनेछ । दराजले अहिले नेपालका ४७ भन्दा बढी शहरहरूमा डेलिभर गर्दछ र दराज मार्फत तपाईले यो फोन आफ्नो घरको ढोकामै मगाउन सक्नुहुन्छ । एक वर्षको ब्रान्ड वारनटि, १४ दिन रिटर्न पोलिसीको पनि ग्राहकहरुले मज्जा लिन सक्नेछन् । येसैगरि, ग्राहकहरूले ग्यालक्सी एफ २२लाई दराज मार्फत  ०५ ब्याज ईएमआइ (EMI) मा पनि खरीद गर्न सक्दछन् ।

ग्यालेक्सी दुई एफ २२ भेरियेण्टमा उपलब्ध छ ( ४ जीबी राम र ६४ जीबी स्टोरेज, र ६ जीबी राम र १२ जीबी स्टोरेज । ४ जीबी को मूल्य रहेको छ २०,४९९ भने ६ जीबी को मूल्य छ २३,९९।  ग्यालक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ । यसैगरि दराज महाबचात बजार मा खरिद गरे थप छुट हरु प्राप्त गर्न सक्छन् ।  महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकहरुले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन् । आजै दराज एप डाउनलोड गर्नुहोस् र नयाँ सामसंग ग्यालेक्सी एफ २२ प्रि-बुकिङ  गर्नुहोस् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: