×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : काम नपाएपछि ठेलामै सुतेर समय बिताउँदै श्रमिक, दार्चुलामा अझै हटेन तुइन तर्ने बाध्यता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : काम नपाएपछि ठेलामै सुतेर समय बिताउँदै श्रमिक, दार्चुलामा अझै हटेन तुइन तर्ने बाध्यता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काम नपाएपछि शुक्लाफाटाँ नगरपालिका–१० झलारीमा बजारको सडक छेउमा ठेलामै सुतेका श्रमिकदेखि दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन बाध्यसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाटाँ नगरपालिका–१० झलारीमा बजारको सडक छेउ ठेला राखेर सुतेका श्रमिक । काम नपाएपछि ठेलामै सुतेर समय व्यतित गर्न बाध्य छन् श्रमिक ।

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग । समुन्द्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले रु दश लाखमा पदमार्ग बनाएको हो ।

विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध पर्यटकीयस्थल भक्तपुर दरबारस्क्वायरस्थित पचपन्न झ्याले दरबारमा मङ्गलबार देखिएको रात्रिकालिन दृश्य ।

घोराही – १२ मङ्लेरीमा तानमा कपडा बुन्दै महिला ।

हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका वडा नं ८ मा बर्षातका कारण सडकको दुर्दशा । सडक हिलाम्मे हुँदा नागरिकलाई आवागमनमा सास्ती हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: