
गत असार १ गते आएको बाढीले क्षतिग्रस्त मेलम्ची बजार सफाइ गरिँदै ।

कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको प्राङ्गणमा चर्दै गरेका गाईवस्तु । अस्पताल प्रशासनले वस्तु चराउन रोक लगाए पनि स्थानीयवासीले सधैँ जसो यस ठाउँमा प्रवेश गराएर चराउँदै आएको अस्पतालका एक कर्मचारीे बताउँछन ।

बागलुङको बलेवा विमानस्थलमा निर्माणाधीन धावनमार्ग ।

पर्यटकिय स्थल खप्तड प्रवेश द्धारको बग्लेकमा घोडमा चडेर रमाइलो गर्दै बालबालिका । बग्लेक घुम्न आउने पर्यटकका लागि पछिल्लो समय घोडचडीको व्यवस्था मिलाइएकाले यहाँ आन्तरिक पर्यटक आउने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही संरचना मर्मत गर्ने क्रममा राखिएका कच्चा पदार्थ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वमा भक्तपुर नगरपालिकाभित्र केन्द्रीय र बागमती प्रदेश सरकारको बजेटमा भएको बिभिन्न विकासका आयोजनाहरुको स्थलगत अनुगमन गर्ने क्रममा हनुमन्ते खोलामा पर्खाल निर्माणको अनुगमन गर्दै ।

नवलपुरको बौदिकाली गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिका जोड्ने कालीगण्डकी खर्साङघाटको झोलुङ्गेपुल । करिब चार दशकअघि निर्माण भएको यो पुल अहिले जीर्ण बन्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले वर्षा, तापक्रम तथा मौसमका विषयमा पूर्व जानकारी लिन डोटीको दिपायलमा जडान गरेको उपकरण ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्