×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बाजुरास्थित बैंकमा सेवाग्राही कोरोनाको उच्च जोखिममा, म्याग्देको ट्रि हाउसमा रमाउँदै आन्तरिक पर्यटक

PRIME CA

देश बोल्ने फोटो कथा : बाजुरास्थित बैंकमा सेवाग्राही कोरोनाको उच्च जोखिममा, म्याग्देको ट्रि हाउसमा रमाउँदै आन्तरिक पर्यटक

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

 

आजको अंकमा हामीले सदरमुकाम मार्तडीको राष्ट्रिय वाणिज्य बैंक बाजुरामा रकम झिक्न आएका सेवाग्राहीको भीडदेखि म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्ट्याङ हरित पार्कमा शनिबार रमाउँदै गरेका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
सदरमुकाम मार्तडीको राष्ट्रिय वाणिज्य बैंक बाजुरामा रकम झिक्न आएका सेवाग्राहीको भीड । स्थानीय तहमा बैङ्किग कारोबार हुने गरेको भएपनि वाणिज्य बैकमा सेवाग्राही घटेका छैनन् ।

म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्ट्याङ हरित पार्कमा शनिबार रमाउँदै आन्तरिक पर्यटक । उद्यान निर्माणका लागि डिभिजन वनको रु १२ लाख पचास हजार र ज्यान्ट्याङ सामुदायिक वनको रु दुई लाख ५० हजार गरी कुल रु १५ लाखको लागतमा उक्त ट्रि हाउस निर्माण गरिएको हो । पर्यटकलाई आर्कषण गर्ने उद्देश्यले काठै काठबाट निर्मित घर रुखसँग जोडेर बनाइएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाको बेँसीफाँटमा रापाइँ गर्दै किसान । बागलुङमा रोपाइँ अन्तिम चरणमा पुगेको छ ।

कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा रहेको मूलपानीमा गर्मी छल्न नुहाउँदै आन्तरिक पर्यटक । गर्मी छल्नका लागि दैनिक सयौँ आन्तरिक पर्यटक मूलपानी पुग्ने गरेका छन् ।

बागलुङ नगरपालिका– ३ बोक्से खाल्टोमा सिगाना हुँदै बागलुङ बजार आउँदै गरेका सवारीसाधनको छड्के जाँच गर्दै ट्राफिक प्रहरी । जिल्लामा अहिले ट्राफिक व्यवस्थापन चुस्त हुन थालेको छ ।

बडीमालिका नगरपालिका–८ मा अवस्थित विरेखोला झरनामा रमाउँदै आन्तरिक पर्यटक ।

तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा गण्डकी प्रदेश सरकारको रु २० लाख सहयोगमा अग्लो ढुङ्गा सिँगारेर बनाइएको उद्यान ।

चितवन राष्ट्रिय निकुञ्ज घुमेर मनोरञ्जन लिँदै पर्यटक ।अघिल्ला वर्षका तुलनामा यसवर्ष निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

भक्तपुरको पलासे नजिकै सडक छेउमा तरकारी बेच्न बसेका व्यापारी ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: