×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गड्डाचौकी नाकामा रोजगारीका लागि भारत जाँदै युवा, तनहुँको बुल्दी खोलामा माछा मार्दै महिला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : गड्डाचौकी नाकामा रोजगारीका लागि भारत जाँदै युवा, तनहुँको बुल्दी खोलामा माछा मार्दै महिला

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कञ्चनपुरको गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जाने युवाको लर्कोदेखि तनहुँको बुल्दी खोला किनारमा माछा मार्न बसेका महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कञ्चनपुरको गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जाँदै युवा । कोभिड–१९ को जोखिम कायमै रहेपनि यस नाकाबाट दैनिक हजारौं नेपाली नागरिक भारत गइरहेका छन् ।

तनहुँको बुल्दी खोला किनारमा माछा मार्न बसेका महिला । अविरल बर्षापछि बाढीले खोला वा नदीमा बगाएर ल्याएको माछा मार्न बाढीको पर्खाइमा उनीहरु बसेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा भइरहेको अवैध नदी दोहनको अनुगमन गर्दै प्रजिअ गणेशबहादुर अधिकारीसहितको सुरक्षा अधिकारीको टोली ।

व्यास नगरपालिका–११ रामथुम्की निवासी मित्रबहादुर दुराले बाँसको मात्रै प्रयोग गरेर निर्माण गर्नुभएको बेम्बो कटेज साँझको समयमा देखिएको दृश्य । पछिल्लो समय बेम्बो कटेज आन्तरिक पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको छ ।

म्याग्दीको बेनी नगरपालिका– ५ भीरमुनिमा गरिएको गोलभेडा खेतीको पात काटेर सरसफाइ गर्दै कृषक महिला ।

लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आएका आन्तरिक पर्यटक । सरकारले निषेधाज्ञा खुकुलो पारेपछि पर्यटक होटलमा आउन थाले पनि कोरोनाको त्रास भने हट्न सकेको छैन् ।

लमही नगरपालिका –३ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र जखेरा ताल घुम्न आएका आन्तरिक पर्यटक । पछिल्लो समय ताल नजिकै पार्क निर्माण भएपछि घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ मा अवस्थित पर्यटकीयस्थल सिद्धिडाँडा पोखरी ।

भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक खण्डको शिवालय गाउँपालिका– १ छेडाचौरमा चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रम चलाउँदै ट्राफिक प्रहरी ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: