×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अमेरिकाबाट प्राप्त खोप प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यकर्मीलाई हस्तान्तरण, ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाइने (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त खोप अभियानको शुरुवात गर्नुभएको छ । उहाँले आज (सोमवार) जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान १० बजे स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो । अमेरिकाले नेपाललाई उपहार स्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजबाट काठमाडौंमा ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाईंदैछ ।

कोभ्याक्स मार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ । ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डस् बेरी पनि सहभागि हुनुहुन्थ्यो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: