×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सम्झौता, आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्य

काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सम्झौता  भएको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता श्रावण ५ गते मंगलबार बैंकको बबरमहलस्थित केन्द्रिय कार्यालयमा भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हुन् ।

प्रभु बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने रआर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: