Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा, न्यूनतम १००० कित्ताका लागि आवेदन दिन सकिने

अर्थ सरोकार

प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। बैंकले २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो। शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ।

शेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । बैंकले उक्त शेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको हो। बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK