×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्तले कुल १३ लाख ७२ हजार कित्ता आइपीओ जारी गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्तले आइपीओ बिक्री गर्नको लागि अनुमति मागेका छन् । यी दुई कम्पनीले कुल १३ लाख ७२ हजार कित्ता आइपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
जसमा राष्ट्र उत्थानाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । राष्ट्र उत्थान लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ ।
यता जाल्पा सामुदायिक लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । आइपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले प्रभु क्यापिटलसँग सम्झौता गरिसकेको छ । जाल्पाको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: