काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले नाफा २०० प्रतिशतले बढाउन सफल भएको छ । गत वर्षको यसै अवधिमा १ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले यो अवधिमा ४ करोड ९५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी बढाएर १८ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि २ करोड रुपैयाँबाट बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ । चौंथो त्रैमाससम्म आउँदा रिजर्भ कोषमा १२ करोड रुपैयाँ छ । साथै ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले जनाएको छ ।
यता कम्पनी ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा छ । आइपीओ निष्काशन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागिसकेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्