×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

रेडपाण्डाको छाला र भालुको पित्तासहित ३ जना बाँके प्रहरी नियन्त्रणमा (भिडियो रिपोर्ट)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बाँके  । नेपालगञ्ज बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर कारोवारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक रहेको राप्ती गेष्टहाउसको कोठा नं. १० बाट दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षिय भक्तबहादुर पुन, ४१ वर्षिय केशव पुन र शान्तिनगर गाउपालिका–१ का २१ वर्षिय रोबिन बुढालाई शनिबार राती पौने ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी गराउनु भयो । प्रहरीले उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने बस्तु ४ थान बरामद गर्न सफल भएको जनाएको छ ।
प्रहरीले बरामद सामान सहित तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा पठाउने जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३ जना माथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ । 
बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला, चितुवा प्रजातिको छाला, रेड पण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ बन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal