×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित दुई जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रुपन्देहीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित दुई जना पक्राउ

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । रुपन्देहीबाट स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरीले बेलहिया नाका नजिकै सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडबाट स्थानीय विनय कलवार र भारत नौतनवाका सुरज गौणलाई उक्त रकसहित पक्राउ गरेको हो । 
रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गर्ने क्रममा झोलामा लुकाएर राखेको अवस्थामा उक्त रकम भेटिएको बताए । रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: