×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२२ गतेदेखि सामलिङ पावर कम्पनीको ५ लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, इलामका आयोजना प्रभावितले भर्न पाउने

PRIME CA

२२ गतेदेखि सामलिङ पावर कम्पनीको ५ लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, इलामका आयोजना प्रभावितले भर्न पाउने

१४ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साउन २२ गतेदेखि सामलिङ पावर कम्पनीले ५ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा उक्त आइपीओ बिक्री खुला गर्ने भएको हो ।
जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभारीका स्थानीयका लागि छुट्याइएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २० गतेसम्म खुला रहनेछ । लगानीकर्ताले इलाममा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: